चितवनबाट घण्टी बजाएर सुरु भयो रास्वपाको ‘जनयात्रा’

चितवनबाट घण्टी बजाएर सुरु भयो रास्वपाको ‘जनयात्रा’

केन्द्रबिन्दु
105
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनबाट ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका हुन् ।

आज कार्यक्रमको शुभारम्भमा सभापति रवि लामिछानेको उपस्थिति रहने भनिएपनि उनी सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार शुक्रबार नै पक्राउ परेका थिए । उनी पक्राउ परेपनि जनयात्रालाई जारी राख्ने गएराति बसेको रास्वपा केन्द्रीय सचिवालयको निर्णयअनुसार पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेता कार्यकर्ताले घण्टी बजाउँदै शुभारम्भ गरेका हुन् ।

यो अभियान भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उद्देश्यले हुन लागेको रास्वपाको भनाई छ ।

Logo