देश लुटेराहरुलाई जेलभित्रै दशदान बैतर्नी गर्ने रविको अन्तिम इच्छा हो -सांसद हरि ढकाल

देश लुटेराहरुलाई जेलभित्रै दशदान बैतर्नी गर्ने रविको अन्तिम इच्छा हो -सांसद हरि ढकाल

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गृहमन्त्रीको आदेशमा हतारमा प्रहरी परिचालन गरिएको र सभापति रवि लामिछानेलाई अन्तिम इच्छा के छ भनेर सोधिएको टिप्पणी गरेका छन् ।

शुक्रबार राति नै प्रहरीले पक्राउ गर्ने क्रममा सादा पोसाकमा रहेका डीएसपी दिपक खड्काले उहाँको अन्तिम इच्छा के हो भनेर सोधेको भिडियो यतिबेला चर्चामा छ । त्यही विषयमा आज रास्वपाको जनयात्रा कार्यक्रमलाई चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर, जेलभित्रै दशदान बैतर्नी गर्ने अन्तिम इच्छा रहेको भन्दै कटाक्ष गरेका हुन् ।

‘यो देशमा किसानको अनुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ, यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ,’ उनले लामिछानेको अन्तिम इच्छा भन्दै सुनाए, ‘यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर, जेलभित्रै दशदान बैतर्नी गर्ने मन छ।’

उनले सभापति लामिछानेको मुटुमा रगत नभई तेजाब रहेको भन्दै त्यो तेजाबले भ्रष्टहरूलाई जलाउने पनि चेतावनी दिए ।

Skip This
Skip This
Logo