राप्रपाको प्रदर्शनलाई राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिको पनि समर्थन

राप्रपाको प्रदर्शनलाई राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिको पनि समर्थन

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । आगामी चैत २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा गर्न लागेको प्रदर्शनलाई राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ।

समितिका कार्यवाहक संयोजक डा‍‍. जगमान गुरुङले राजसंस्था पुनःस्थापनाका लागि हुने आन्दोलनमा सक्रिय सहभागिताका लागि आह्वान गर्दै राप्रपाको प्रदर्शनमा राष्ट्रिय झण्डासहित आउन आग्रह गरेका हुन् ।

‘अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नाराका साथ नवीन राजनीतिक समझदारीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा २०८१ चैत्र २६ गते काठमाडौँ, भृकुटी मण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहने छ,’ विज्ञप्तिमार्फत गुरुङले भनेका छन्, ‘उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा हार्दिक आह्वान समेत गर्दछौं।’

गत चैत १५ गते तीनकुनेमा भएको समितिले गरेकाे प्रदर्शनमा हिंसात्मक गतिविधी भएपछि अहिले सरकारको चर्को विरोध भइरहेको छ । राप्रपाकै नेताहरु समातिएका छन् । याे अवस्थामा राप्रपाको शक्ति प्रदर्शन हुन लागेकाे हाे ।

Skip This
Skip This
Logo