काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गएको चैत्र १५ गतेको राजावादीहरुको आन्दोलनमा सरकारले आफ्नो पार्टी कार्यालयमा सुरक्षा दिन कञ्जुस्याईं गरेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाठौंमा नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको बागमती प्रदेश भेलाको उद्घाटन गर्दै अध्यक्ष नेपालले गुनासो पोखे, ‘सरकारले कांग्रेस, एमाले, माओवादीको अफिसमा ट्रकसहित सुरक्षाको व्यवस्था गर्यो । तर, हाम्रो पार्टी अफिसनजिकै सुरूदेखि चर्कोचर्को भाषण गरेको सुन्दासुन्दै आन्दोलनकारीलाई पुलको छेउबाट यता गए हुन्थ्यो भन्ने चाहना राखेर छाडियो ।’
आफ्नो कार्यालयमा तोडफोड र आगजनीसहित कम्प्युटर, मोबाइल, पंखा साथै फाइल समेत चोरी भएको बताउँदै उनले दोषीलाई कारवाही गर्न माग राखे ।





























प्रतिक्रिया