आज प्रतिनिधिसभाअन्तर्गतका तीन समितिको बैठक बस्दै

आज प्रतिनिधिसभाअन्तर्गतका तीन समितिको बैठक बस्दै

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत आज तीन समितिको बैठक बस्ने भएको छ ।

सोमबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बसिने छ ।

यसैगरी, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक विहान १० बजे बस्ने छ । बैठकमा मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

Skip This
Skip This
Logo