पूर्वउपराष्ट्रपति पुन बने माओवादी उपाध्यक्ष

पूर्वउपराष्ट्रपति पुन बने माओवादी उपाध्यक्ष

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमा सक्रिय राजनीतिमा फकिएका छन् ।

माओवादी केन्द्रको यही चैत १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको हो ।

गएको फागुन तेस्रो साता बसेको माओवादी केन्द्रीय समिति बैठकमा पुन आमन्त्रित अतिथिको रुपमा सहभागी भएका थिए। पुन उपाध्यक्षमा मनोनीत भएको विषय माओवादी केन्द्रले पार्टीका तल्लो कमिटीलाई समेत सर्कुलर गरिसकेको छ।

दुई कार्यकाल उपराष्ट्रतिको जिम्मेवारीमा रहेका पुनको पछिल्लो राजनीतिक दौडधुपको समर्थन सँगै आलोचना हुने गरेको थियो ।

Logo