वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु । वरिष्ठ पत्रकार दिवंगत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।

Logo