रवि लामिछाने जेल चलान

रवि लामिछाने जेल चलान

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पूर्पक्षका लागि कारागार चलान भएका छन् । आज रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित उनलाई गराएसँगै प्रक्रिया पूरा गरेर भैरहवा कारागार चलान गरिएको हो ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको फैसला उल्ट्याउँदै पक्राउ गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मध्यरातमा काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए । शनिबार र आइतबार सार्वजनिक विदा परेका कारण प्रहरी हिरासतमै रहेका लामिछानेलाई आज प्रक्रिया पूरा गरेर पूर्पक्षका लागि कारागार पठाइएको हो ।

सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

अब अदालतको फैसला नआउन्जेल रवि लामिछाने सोही कारगारमा रहने छन् । यद्यपी उनी पुनरावेदनका लागि सर्वोच्चमा जान सक्छन्, त्यसका लागि उनीसँग थुनामा बस्नुको विकल्प भने छैन। सुप्रिम सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ । रवि, छवि र जीबी राईले यसमध्ये १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । मुख्य नाइके भनिएका जीबी राई भने अझै फरार छन् र सरकार पनि बेखबर नै छ ।

Logo