काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि सभापति रवि लामिछानेलाई सबैले बिर्सर्नुपर्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले रास्वपालाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाएका हुन् । उनले लेखेका छन् ,‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ । दुइ–चार हजार अरिङ्गाँलका कमेन्ट हेरेर डराउन जरूरी छैन ।’





























प्रतिक्रिया