नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको प्रथम स्मृति दिवसका अबसरमा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सहभागि स्व.प्रकाशका आमा सिता दाहालले आँशु थाम्न सकिनन्।
सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रकाश दाहाल स्मृति स्मारिका विमोचन गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसहित नेकपाका शीर्ष नेताहरु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नया शक्ति नेपालका संयोजक बाबुराम भट्टराई लगायत शुभेच्छुकहरुको सहभागिता थियो।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितमा योगदान गर्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गरे ।
ह्रदयघातका कारण प्रकाशको एक वर्ष अगाडि मृत्यु भएको थियो ।





























प्रतिक्रिया