काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलन सुरु भएको छ । उनीहरुल विभिन्न स्थानबाट र्यालीसहित काठमाडौंको बिजुलीबजारमा आइपुगेर सरकारविरुद्ध र गएको चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहाई गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् । उनीहरुले निषेधित क्षेत्र तोड्न बल गरिरहेका छन् । तर, प्रहरी पनि ठूलो संख्यामा खटिएको छ ।

गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार र भद्रकाली क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न पाइँदैन ।
तर, राप्रपाले आज राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था अलर्ट गरिएको छ ।





























प्रतिक्रिया