काठमाडौं । सरकारले संविधान संशोधनको विषय आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
अहिले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरिरहेको नीति तथा कार्यक्रममा यो विषय उल्लेख गरिएको छ। नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति पौडेलले भने, ‘सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने ।’
संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन लगायत सात बुँदे सहमती गर्दै गत असार ३० सरकार बनाएका थिए । तर सरकार बनेको १० महिना हुँदासम्म पनि सरकारले संविधान संशोधनको विषय अगाडि बढाउन सकेको छैन ।





























प्रतिक्रिया