काठमाडौं । चालु अधिवेशनबाट भुमि सम्बन्धि विधेयकसहित ९ विधेयक पारित सरकारले घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै ९ वटा विधेयक पारित गर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा यही अधिवेशनबाट भुमि सम्बन्धि विधेयक, विद्यालय शिक्षा विधेयक, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने बताएका हुन् ।
यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राएर सेवा प्रदायक र नियामक छुट्टाउने विधेयक, ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक समेत पारित उनले बताए ।
हिउँदे अधिवेशनबाट पारित गर्ने गरि जारी गरेको भूमिसम्बन्धी अध्यादेशमा सत्तारुढ दलहरूबिच नै मतभेद भएपछि सङ्घीय संसद् सचिवालयमा दर्ता गरेर अघि नबढाई होल्डमा राखिएको थियो ।
सोहि अधिवेशनबाट अध्यादेशलाई विधेयक बनाइ नियमित प्रक्रियाबाट पास गर्ने घोषणा गरेपनि सरकारले नीति तथा कार्यक्रममा यही अधिवेशनबाट सो विधेयक पारित गर्ने घोषणा गरेको छ ।
बजेट अधिवेशनमा विधेयक भन्दा बनेट प्राथमिकतामा राख्ने घोषणा सभामुख देवराज घिमिरेले गरेका थिए तर बजेट अधिवेशनमा बजेट भन्दा विधेयकलाई प्राथमिकता दिएको जस्तो नीति तथा कार्यक्रमले देखाउँँछ ।































प्रतिक्रिया