एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै

एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्ने गरी दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।

Logo