‘देशको जिम्मेवारी तरुणहरुको काँधमा छ’ -नेता डा. शेखर कोइराला

‘देशको जिम्मेवारी तरुणहरुको काँधमा छ’ -नेता डा. शेखर कोइराला

केन्द्रबिन्दु
33
Shares

नवलपुर (नवलपरासी) । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तरुणहरुको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरुलाई आह्वान गरेका हुन् ।

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवावर्गले सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

यसैबीच, नेता कोइरालाले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अक्षरसः कार्यान्वयमा जोड दिएका छन् ।

चितवनामा पत्रकारहरुसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम उपयोगी रहेका र तिनको अक्षरसः कार्यक्रम अपरिहार्य छ भन्नुभयो । नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुनुहुनेमा उनको जोड थियो ।

फरक प्रसङ्गमा उनले पार्टीको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए ।

Skip This
Skip This
Logo