रेशम चौधरी पक्राउको जवाफ प्रधानमन्त्रीले नदिए सरकार छाड्ने नाउपाको चेतावनी

रेशम चौधरी पक्राउको जवाफ प्रधानमन्त्रीले नदिए सरकार छाड्ने नाउपाको चेतावनी

केन्द्रबिन्दु
174
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालविर चौधरीले सरकार छाड्ने चेतावनी दिएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नाउपाका सांसद लालविर चौधरीले नाउपाका संरक्षक रेशम चौधरीलाई एकाएक गरिएको पक्राउ प्रकरणमा सरकार मौन रहेको बताउँदै भोलिसम्म प्रधानमन्त्री वा गृहमन्त्रीले कुनै जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका हुन् ।

‘रेशम चौधरीलाई पक्राउ गर्न अधिकृत महिमानसिंह विष्टले काटेको पत्र सर्वोच्चले फर्जी भनेको छ । तर यतिबेलासम्म सरकारको कहीं कतै अभिव्यक्ति आएको छैन । भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनुभएन भने हामी सरकार छाड्न बाध्य हुनेछौं ।’ उनले भने ।

Logo