किटमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा सरकारलाई सभामुखको रुलिङ

किटमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा सरकारलाई सभामुखको रुलिङ

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको निधनबारे सांसदहरुले उठाएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सत्यतथ्य छानविनका लागि आवाज उठाएपछि सभामुख घिमिरेले सरकारको नाममा रुलिङ गरेका हुन् ।

‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो ।’ उनले भनेका छन्, ‘सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’

साथै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न पनि उनले अपिल गरेका छन् ।

Logo