सरकारले नीति तथा कार्यक्रममा दुई तिहाईको दम्भ देखायो -अध्यक्ष प्रचण्ड

सरकारले नीति तथा कार्यक्रममा दुई तिहाईको दम्भ देखायो -अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममा दुई तिहाईको दम्भ देखाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो सरकारको पालामा भएको निर्णयलाई खारेज गर्दै वर्तमान सरकारले नीति तथा कार्यक्रम ल्याएपछि असन्तुष्टि पोखेका हुन् । आफ्नो पालामा बजेट ल्याउनु ३ महिनाअगावै नीति तथा कार्यक्रमबारे सबै पक्षसँग छलफल गर्ने प्रणालीको थालनी गरेको र यसपटक त्यो प्रावधान लत्याएर सरकारले कर्मकाण्डी नै रोजेको उनको आरोप छ ।

‘सदनमा प्रस्तुत हुने, माननीय सांसदहरुले सुझाव दिने तर ती सुझावहरु नीति तथा कार्यक्रमा समेटिएर परिमार्जन भने नहुने परम्परा अन्त्य गर्नैपर्छ भनेर अध्यादेश नै जारी गरेर पनि बजेट प्रस्तुतीको तीन महिना अगावै नीति तथा कार्यक्रम सार्वजनिक गरी बजेटको नयाँ क्यालेण्डर जारी गरिएको थियो,’ उनले भने, ‘उक्त विधिबाट सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधीहरुको सुझाव समावेश गर्नको लागि पर्याप्त समय उपलव्ध हुने र माननीयहरुका सुझावहरु समेटिएर यो परिमार्जन भई सोहीअनुरुप बजेटमा प्रतिबिम्बित हुनसक्ने कुरामा सरकारले बेवास्ता छ ।’

उनले थपे, ‘सायद सरकारलाई दुई तिहाईको अहंकार थियो होला । संख्या छ जे गरेपनि हुन्छ भनेर गत वर्षको प्रावधानलाई खारेज गर्यो ।’

Logo