शिक्षा विधेयकको प्रतिवेदन तयार पार्न उपसमितिलाई थप १० दिनको समय

शिक्षा विधेयकको प्रतिवेदन तयार पार्न उपसमितिलाई थप १० दिनको समय

केन्द्रबिन्दु
33
Shares

काठमााडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले १० दिन थप समय पाएको छ ।

सिंहदरबारमा आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयक २०८० माथि निष्कर्ष निकालेर प्रतिवेदन बुझाउन उपसमितिलाई थप १० दिन समय दिएको हो ।

यसअघि उपसमितिलाई ३५ दिनको समय दिइएको थियो । समयअवधि मै उपसमितिले विधेयकको दफावार छलफल सम्पन्न गरेको छ ।

विधेयकमाथिको छलफलको निष्कर्षसहितको प्रतिवेदन लेखनका लागि उपसमितिले १० दिन समय माग गरेको थियो । सोहि अनुसार उपसमितिले समय पाएको छ ।

अबको १० दिन भित्र उपसमितिले प्रतिवेदन तयार पारी समितिमा ल्याउने छ । समितिमा छलफल गरेर असार १४ गते अगाडि नै संसदमा पेश गरिसक्नुपर्ने छ । किनकी सरकारले नेपाल शिक्षक महासंघसंग असार १५ मा विद्यालय शिक्षा विधेयक पारित गर्ने भनेर सहमति गरेको छ ।

Skip This
Skip This
Logo