तीन नेताले देशलाई बिरता ठानेर दोहन गरिरहेका छन् -प्रकाशचन्द्र लोहनी

तीन नेताले देशलाई बिरता ठानेर दोहन गरिरहेका छन् -प्रकाशचन्द्र लोहनी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले देशलाई तीन नेताले बिरताको रुपमा दोहन गरिरहेको आरोप लगाएका छन् । कुनैपनि स्वाभिमानी नेपालीले सहेर नबसी त्यसकाविरुद्ध आन्दोलन गर्नु राष्ट्रिय धर्म भएको उनको भनाई छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘आन्दोलन गर्नु रहर होइन । नेपाली जनताको लागि बाध्यात्मक भइसकेको छ । देशमा दुई तरिकाले शासन चलेको छ । अराजकता, भ्रष्टाचार र अत्याचार छ । देश केही तीन जना नेताको बिरता जसरी देशको दोहन भइरहेको छ । यसलाई कुनैपनि स्वाभिमानी नेपालीले सहेर बस्न सक्दैन् । त्यसैले यसको विरुद्ध आन्दोलन गर्नु आज हाम्रो राष्ट्रिय धर्म हो ।’

त्यस्तै, उनले नेपालमा संविधानभित्र राजसंस्था भएमात्रै स्थायित्व दिन सकिने धारणा राखे । अहिले लोकतन्त्रको नाममा देशलाई ध्वस्त गर्ने काम भइरहेको पनि उनको भनाई छ ।

राजसंस्था पुनस्थापनाको लागि गठित संयुक्त जनआन्दोलन समितिले यही वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्यालीको आयोजना गर्दैछ ।

Logo