काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएकोमा माओवादी केन्द्रले गरिरहेको विरोधप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई हटाउँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुटुमा किला ठोकेजस्तो किन भएको भनी प्रश्न गरेका हुन् ।
साथै उनले तत्कालिन प्रचण्ड नेतृत्व सरकारले प्रधान सेनापति नै हटाएको घटना पनि स्मरण गराए ।
‘सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई काममा ट्युनिङ मिलेन भनेर मन्त्रीको प्रस्तावमा हटायो तर तपाईंको मुटुमा किला ठोके जस्तो किन भयो ? यो सरकारले त एउटा सहसचिव सरहको कर्मचारी हटायो तपाईंले त प्रधान सेनापति नै हटाउनुभएको होइन ? एक पटक सम्झिनुस् त कसरी हटाउनु भएको थियो ?’ उनले भने ।





























प्रतिक्रिया