नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न सक्दैनः सांसद अर्याल

नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न सक्दैनः सांसद अर्याल

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद अर्यालले यसले जनतामा उत्साह जगाउन नसकेको आरोप लगाएकी हुन् । राष्ट्रिय गौरवका आयोजना, गाँजाको व्यावसायिक प्रयोग, विदेशबाट फर्केकालाई उद्यमसँग जोड्ने, सुकुम्वासी समस्या समाधानलगायत नीति तथा कार्यक्रममा समेट्न सरकारसँग माग गरेकी छन् ।

सांसद अर्यालले आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट खाका नीति कार्यक्रममा उल्लेख गर्नुपर्ने माग गर्दै सबै प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने योजना नीति कार्यक्रममा समेटन आग्रह गरेकी छन् ।

Logo