काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउनुको औचित्य बाँकी नरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजा महाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य नै छैन ।’
नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेटेर बजेट आउने विषय पत्याउन नसकिने उनकाे भनाइ छ। अब दिइएका सुझाव बजेटमा नसमेटिने भएकाले यसको निरन्तरता दिनु जरुरी नरहेको उनले बताए ।
नीति तथा कार्यक्रम समाजवाद उन्मुख पनि नरहेको र नवउदारवादलाई समेत उछिन्ने गरी निजीकरणका विषय आएको भन्दै उनले असहमति राखेका छन् । बन्द भएका उद्योगलाई चलाउने नीति नरहेको, कृषि प्रणाली परम्परागत रूपमा नै रहेको तथा यसलाई आधुनिकीकरण गर्ने विषय नीति तथा कार्यक्रममा आउन नसकेको उनकाे भनाइ छ।





























प्रतिक्रिया