राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न सकिँदैन -मन्त्री गुरुङ

राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न सकिँदैन -मन्त्री गुरुङ

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चैत्र १५ गतेको राजावादीको आन्दोलनमा ज्यान गुमाउनेहरुलाई सहिद घोषणा गर्नुपर्ने मागप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबारमा आयोजित विश्वसनीय पत्रकारिताका लागि सुचनाको हकको प्रयोग विषयक अन्तर्किया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिनपर्ने ? भन्दै प्रश्न गरे ।

साथै उनले, पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरेका थिए भने प्रश्न पनि गरे । ज्ञानेन्द्रको शासन आएमात्र सहिद घोषणा गर्ने तर वर्तमान सरकारले तीनकुने घट्नामा ज्यान गुमाएकालाई कुनै हालतमा नगर्ने स्पष्ट पारे ।

मन्त्री गुरुङले भने,‘चैत्र १५ गतेको राजावादीको सत्ता विरुद्धको आन्दोलन हो । उनीहरुले सरकार विरुद्धमा अराजकता फैलाए । गणतन्त्र समाप्त पार्न लागेका छन् । लोकतन्त्रका विरुद्धमा राजा ल्याउछु भन्दै गरिएको आन्दोलनमा मान्छे मर्यो । आन्दोलनमा यस्ता घटना त हुन्छ । त्यसलाई सहिद घोषणा गर्नुपर्यो भनेर आन्दोलनकारी वा विरोधीहरु र गणतन्त्रवादीहरुले पनि भन्दै छन् । राजावादीको आन्दोलनमा जाने अनि त्यसलाई लोकतन्त्रवादीले सहिद घोषणा गरिदिन पर्ने, पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरे ? राजा ज्ञानेन्द्रको शासन आयो भने उसले सहिद घोषणा गर्ने हो, हामीले गर्ने होइन ।’

त्यस्तै, उनले अहिले मुलुकमा खोज पत्रकारिताको असाध्यै धेरै खडेरी परेको बताए । खोज पत्रकारितामा विद्या चापागाईंलाई पुरस्कृत गर्नुपर्ने उनको भनाइ छ ।

Logo