रहेनन् पूर्वमन्त्री प्रदीप नेपाल

रहेनन् पूर्वमन्त्री प्रदीप नेपाल

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए ।

२०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको सुरुआत गरेका नेपाल मार्क्सवादी विचारधाराबाट प्रभावित भई नेकपा माले हुँदै अहिलेको नेकपा एमालेका विभिन्न तहमा बसेर उनले काम गरिसकेका थिए ।

पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेता–कार्यकर्तालाई पनि विचार र कार्यक्रमबाट प्रभावित गर्न सक्ने नेता नेपाल दर्जनौं उपन्यास, कथा, नियात्रा र गीतका लेखक तथा रचनाकार पनि हुन्। मार्क्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्यदेखि ‘नवयुग’ पत्रिकाको प्रधान सम्पादकसम्म भएका उनले दुई दर्जनभन्दा बढी संघसंस्थामा काम गरेका छन्। तर, पछिल्लोसमय उनी अस्वस्थ थिए ।

Logo