काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको आज उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
तर, एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै राख्न अन्तिम इच्छा जाहेर गरेका छन् । पारिवारिक स्रोतका अनुसार नेता नेपालले मृत्युअघि एक इच्छापत्र लेखेर दिएका छन्, जसमा झण्डा ओढाउने वा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनेका हुन् ।
अब नेपालको श्रद्धाञ्जली कार्यक्रम नराखी सामान्य हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने भएको छ ।





























प्रतिक्रिया