स्वर्गीय नेपाललाई पशुपति लगियो, उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

स्वर्गीय नेपाललाई पशुपति लगियो, उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

केन्द्रबिन्दु
345
Shares

काठमाडौं। मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज उनको अन्त्येष्टि गरिनेछ ।

यसअघि उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेपालको आजै सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

विसं २०५० को दशमा नेपालको कम्युनिष्ट आन्दोलनको एक सशक्त र वरिष्ठ नेता नेपाल नेकपा एमाले भित्र निर्णायक र प्रभावशाली थिए ।

राजनीतिक परिवर्तनका सिलसिलामा भूमिगत राजनीति गरेका उनी नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा सञ्जय थापाको नामले परिचित थिए । उनी आख्यानकार, कवि र उपन्यासकार थिए ।

उनले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका थियए । एमालेको सचिवालयसदस्य, स्थायी समिति सदस्य एवं प्रचार विभाग प्रमुख भई काम गरेका नेता नेपालले पार्टी सुदृढीकरण र सङ्गठन विस्तारमा अतुलनीय योगदान पुर्‍याएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

Skip This
Skip This
Logo