काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवासमा नभई एक रिसोर्टको शौचालयमा लडेको खुलासा भएको छ ।
छोरी–ज्वाइँ र केही नजिकका आफन्तसहित मंगलबार साँझ लाँकुरी भञ्ज्याङ पुगेका अध्यक्ष प्रचण्ड त्यहाँस्थित टेरेस रिसोर्टमा लडेर घाइते भएको खुलेको हो । उनकी छोरी गंगा दाहालले फेसबुकमा प्रचण्डको बाथरूममा चिप्लिएर निधारको बाहिरी भागमा सामान्य चोट लागेको उल्लेख गरेकी थिइन्, तर स्थान खुलाएकी थिइनन्।
उनले भनेकी थिइन्, ‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद’
यस्तो अवस्थामा सबैले खुमलटारस्थित निजी निवासमै रहेको आंकलन गरेका थिए । तर, त्यसो नभएर रिसोर्टमा लडेको पाइएको हो ।































प्रतिक्रिया