सरकारले आम जनताको हितभन्दा पनि बिचौलियाको प्रतिनिधित्व गरिरहेको छ -सांसद पार्की

सरकारले आम जनताको हितभन्दा पनि बिचौलियाको प्रतिनिधित्व गरिरहेको छ -सांसद पार्की

केन्द्रबिन्दु
303
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा राष्ट्रिय सभा सदस्य जगत पार्कीले वर्तमान सरकारले आम जनताको हितभन्दा पनि दलाल र बिचौलियाको प्रतिनिधित्व गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसद पार्कीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशका जनताको विकास र समृद्धिसँग सम्बन्धित मुद्दालाई बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

बिचौलियाहरुको पहुँच प्रधानमन्त्री केपी शर्मा ओलिको सुत्ने बेडसम्म नै रहेको दावी गर्दै उनले भने, ‘सरकारले जति सुकै राम्रो नीति तथा कार्यक्रम ल्याएको भएपनि त्यसलाई कार्यन्वयन गर्न उचित व्यवस्थापन पनि आवश्यक पर्दछ । कार्यन्वयनको ठाउँमा रहेका कुलमान जस्ता कर्मचारीहरुलाई बर्खास्त गर्ने यो सरकारले बजेटको कार्यन्वय गर्छ भनेर कुनै विश्वास नै छैन् ।’

‘सरकारका यी क्रियाकलाप र घटनाक्रमलाई राम्रोसँग हेर्दा खेरी यो सरकार राष्ट्र र जनताको पक्षमा काम गरीरहेको छ भन्ने मलाई लाग्दैन् । त्यस कारणले हामीले यो नीति तथा कार्यक्रमको आलोचना गरीरहेका छौं’ सांसद पार्कीले भने ।

उनले भने, ‘देशलाई आत्मनिर्भर बनाउनको लागि धेरै केही गर्नै पर्दैन, हामीसँग यती धेरै काठ छ तर बिडम्बना विदेशबाट काठ आयात गरीरहेका छौं । वन मन्त्रालयले देशमा भएको काठलाई सही तरिकाले सदुपयोग गर्न सकेको खण्डमा देश आत्मनिर्भर बन्छ ।’

उनले यो सरकारले के दलित नागरिकहरुलाई दोस्रो दर्जाको मानिसको रुपमा लिएको हो भन्दै संसदमा आवाज उठाएका छन् । उनले सरकारको नीति तथा कार्यक्रममा दलितहरुको हक अधिकारको कुनै पनि विषय समावेश नगरेको भन्दै विरोध जनाएका छन् ।

Skip This
Skip This
Logo