जनकपुरको क्रिकेट रंगशाला बन्न नदिए आन्दोलन गर्ने सांसद मनिष झाकाे चेतावनी

जनकपुरको क्रिकेट रंगशाला बन्न नदिए आन्दोलन गर्ने सांसद मनिष झाकाे चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरको क्रिकेट रंगशाला बन्न नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद झाले पहिले वार्षिक ९ लाख रहेको भाडा तिर्दै आएको जग्गाको अहिले एकाएक ४९ लाख पुर्‍याइएको भन्दै त्यसमा बिचौलियाले चलखेल गरेको हुनसक्ने आशंका गरेका हुन् ।

‘जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलन गर्दैैछौँ। लक्ष्मणकुटीको नाममा रहेको १७ विगाह जमीन जसको डीपीआर गरेर साढे दुई अर्बको अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो। खेलकुद परिषद्ले गुठीसंस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो।’ उनले भने । ‘तर, खै के प्रलोभनले हो त्यसको भाडा एक्कासी ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो। यसमा पक्कै पनि समृद्ध बिचौलिया, समृद्ध दलाल छिरेजस्तो छ ।’

यदि खेलाडीहरुको सपनामा व्यवधान भयो भने आन्दोलन चाँडै हुने उनकाे भनाइ छ ।

Skip This
Skip This
Logo