काठमाडौं । नेपाल सरकारले पाकिस्तानमा विकसित भएको परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सक्रियता देखाएको छ।
परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानमा रहेका सम्पूर्ण नेपालीहरूको सुरक्षा र हितको लागि सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको हाे ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, इस्लामाबादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका विद्यार्थी तथा अन्य नेपालीहरूसँग लगातार सम्पर्कमा रही आवश्यक समन्वय गरिरहेको छ। यदि कुनै नेपाली विद्यार्थी वा उनका अभिभावक, आफन्त वा पाकिस्तानमा रहेका कुनै पनि नेपालीलाई थप सहयोग चाहिएमा, उनीहरूले राजदूतावासको निम्न नम्बरहरूमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नेछन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षालाई सरकारले उच्च प्राथमिकता दिएको र आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको कुरामा जोड दिइएको छ।

शुक्रबारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शिशिर खनालले कश्मीरमा भएको आतंकवादी हमलाप्रति पार्टीका तर्फबाट कडा निन्दा गर्दै त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको उद्धारका लागि पहल गर्न माग गरेका थिए । पाकिस्तानमा अध्यनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेको उनको भनाई थियाे ।































प्रतिक्रिया