राजसंस्था पुनर्स्थापना लागि काठमाडौंमा निकालियो मोटरसाइकल र्‍याली

राजसंस्था पुनर्स्थापना लागि काठमाडौंमा निकालियो मोटरसाइकल र्‍याली

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ।

समितिले काठमाडौंको सुकेधाराबाट सुरु निकालेको र्‍याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरूले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनर्स्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर लगाएका नारा लगाएका थिए।

यसअघि समितिले जेठ १५ देखि राजसंस्था पुनर्स्थापना लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरिसकेको छ।

Logo