सांसद सिंहको प्रश्न- पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति कहिलेसम्म ?

सांसद सिंहको प्रश्न- पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति कहिलेसम्म ?

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बागमती नदीको हुलाकी राजमार्ग अन्तर्गतको दुईवटा पुल अझै निर्माण हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको पुल सरकारको ध्यान नपुग्दा अझै निर्माणमा १०–१५ वर्ष लाग्ने देखिएको बताएका हुन् ।

उनले भने,‘बागमती नदीको दुई वटा पुल झण्डै १५–१६ वर्षमा पनि बन्न सकेको छैन् । २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको हुलाकी राजमार्ग अन्तर्गतको पुल अहिलेसम्म बनेको छैन् । अझै १०–१५ वर्ष लाग्ने देखिन्छ । सरकारको त्यसमा कुनै ध्यान छैन ।’

त्यस्तै, उनले सरकारको पुलको टेन्डर गर्ने तर पूरा नगर्ने प्रवृत्ति रहेको पनि बताए ।

Skip This
Skip This
Logo