राजावादीलाई प्रधानमन्त्री ओलीको कटाक्ष- तपाईंहरुको जेठ १५ गते कहिल्यै आउँदैन

राजावादीलाई प्रधानमन्त्री ओलीको कटाक्ष- तपाईंहरुको जेठ १५ गते कहिल्यै आउँदैन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा राजावादीहरुमाथि खनिएका छन् ।

आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुको जेठ १५ गते अहिले मात्र होइन, अरु वर्षमा पनि कहिल्यै आउँदैन । समयलाई चिनौं र अघि बढौं । बंगलादेश बनाउँछु भन्नेले पनि सोचौं त्यत्रा आन्दोलन हुँदा पनि राजा फर्किएनन् । अब भ्रममा नपरौं ।’

राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी गरेर आन्दोलन घोषणा गरेको विषयप्रति कटाक्ष गर्दै उनको यो अभिव्यक्ति आएको हो ।

Logo