परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट

परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

त्यस अवसरमा मन्त्री डा. राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकामा धन्यवाद व्यक्त गरिन् । साथै मन्त्री डा. राणाले सिन्धुली बर्दिवास बाटोको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गरेकाे उनको निजी सचिवालयले जनाएको छ ।

गत वर्ष आएको अविरल वर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ । जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।

मन्त्री डा राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

मन्त्री डा. राणाले नेपालले अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता जनताउन र सहयोगका लागि जापानसँग आग्रह पनि गरिन‍् ।

Logo