बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्दै भ्रम फैलाइँदैछ -विष्णु रिमाल

बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्दै भ्रम फैलाइँदैछ -विष्णु रिमाल

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपालमा अघोषित लोडसेडिङको भ्रम फैल्याइएको दाबी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत नेपाल विद्युत प्राधिकरणको निर्देशक हितेन्द्र शाक्यकाे प्रशंसा गर्दै रिमालले धिकरणको नकारात्मक चित्रण गर्ने प्रयास भइरहेको भन्दै सजग रहन आग्रह गरेका हुन् । शाक्य आफ्नो काममा काबिल र प्राधिकरणलाई प्रगतिमा पुर्‍याउन इमान्दार रहेको रिमालको भनाइ छ।

तर, रिमालले शाक्यलाई बलेको बत्ती मुनि बसेर पनि ‘बिजुली गयो’ भन्ने जस्तो गलत भाष्य (न्यारेटिभ) निर्माण गर्न खोजिएकोमा सचेत गराएका छन्। उनले भने, “बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्।”

Skip This
Skip This
Logo