राजावादी आन्दोलनमा दुर्गा प्रसाईं समूहको बहिष्कार

राजावादी आन्दोलनमा दुर्गा प्रसाईं समूहको बहिष्कार

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । राजावादी समूहले आज गर्ने आन्दोलनमा दुर्गा प्रसाईं समूहले बहिष्कार गरेको छ । प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विज्ञप्ति निकालेर आजको आन्दोलनमा सहभागी नहुने उल्लेख गरेको हो।

राजावादीहरूले आज काठमाडौं केन्द्रित गरेर व्यवस्था उल्टाउने जनविद्रोह गर्ने घोषणा गरेकाे छ। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले रत्नपार्कमा आन्दोलन गर्ने बताएको छ । राजसंस्था पुनस्र्थापना, हिन्दु राज्य पुनस्र्थापना र संघीयता खारेजीलगायत माग राखेर तय भएको यो आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत विभिन्न पार्टी र समूहहरूको समर्थन छ ।

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले आज दिउँसो २ बजे रत्नपार्कमा गर्न लागेको छ । तर त्यसमा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको हो । प्रसाईं हाल प्रहरी हिरासतमा छन् । प्रसाईंमाथि दोष थोपरेर राप्रपाका नेताहरु भटाभट छुटिरहँदा त्यसको असन्तुष्टि देखिएको छ ।

Logo