काठमाडौं । संसदमा जारी अवरोध हटाउन र राष्ट्रिय बजेटमाथिको छलफललाई अगाडि बढाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दुई महत्वपूर्ण बैठक आह्वान गरेका छन् ।
सभामुखले आज बिहान ११ बजे राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् । यसलगत्तै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । यी बैठकहरूमा सदन अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण गरिनेलगायत संसदको आगामी कार्यसूची र सदनको समग्र कार्यतालिकाबारे पनि छलफल हुने बताइएकाे छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायत विपक्षी दलहरुले बिहीबार बजेट पेस गर्न मात्रै दिएकाे बताइसकेका छन् । अर्काे बैठक २० गते बाेलाइएकाे छ । त्यसअघि याे विवाद समाधानका लागि सभामुखले बैठक आह्वान गरेका हुन् ।





























प्रतिक्रिया