काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका आगामी बैठकहरूको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
आज बसेकाे कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ २० गतेदेखि ३० गतेसम्म बस्ने बैठकहरूमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल लगायत विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि दफावार छलफल हुने तय गरेकाे हाे।
जेठ २० गते बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश हुनेछ भने, आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ।
जेठ २१ र २२ गते मा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ।
जेठ २३ गते को बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। यसै दिन माननीय उपप्रधानमन्त्री तथा अर्थ मन्त्रीबाट जवाफ र स्पष्टीकरण, विनियोजन विधेयक, २०८१ र राष्ट्र ऋण उठाउने विधेयक, २०८१ क्रमशः प्रस्तुत हुनेछन्। दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।
जेठ २५ गते को बैठकमा शून्य समय, साथै भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ माथि समितिमा पठाउने प्रस्ताव वा सदनमै दफावार छलफल गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।
जेठ २६ गते बाट विनियोजन विधेयक, २०८२ को विभिन्न मन्त्रालयगत (वन तथा वातावरण/ संघीय मामिला तथा सामान्य प्रशासन/ ऊर्जा, जलस्रोत तथा सिँचाइ) शीर्षकहरूमाथि छलफल प्रारम्भ भई खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत हुनेछन्।
जेठ २७ गते मा विनियोजन विधेयक, २०८२ को विभिन्न मन्त्रालयगत (रक्षा/ कृषि तथा पशुपन्छी विकास/ स्वास्थ्य तथा जनसंख्या/ कानुन, न्याय तथा संसदीय मामिला) शीर्षकहरूमाथि छलफल जारी रहनेछ र खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत हुनेछन्।
जेठ २८ गते (आज) को बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न मन्त्रालयगत (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन/ युवा तथा खेलकुद/ भौतिक पूर्वाधार तथा यातायात) शीर्षकहरूमाथि छलफल जारी रहनेछ। साथै खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत हुनेछन्।
जेठ २९ गते मा शून्य समय, बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत हुनेछ। विनियोजन विधेयक, २०८२ का विभिन्न मन्त्रालयगत (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक/ उद्योग, वाणिज्य तथा आपूर्ति/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण/ खानेपानी) शीर्षकहरूमाथि छलफल जारी रहनेछ र खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत हुनेछन्।
अन्ततः जेठ ३० गते को बैठकमा शून्य समय, विनियोजन विधेयक, २०८२ को विभिन्न मन्त्रालयगत (शिक्षा, विज्ञान तथा प्रविधि/ परराष्ट्र/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा/ गृह) शीर्षकहरूमाथि छलफल जारी रहनेछ। यसै दिन खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत भई प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिने कार्यक्रम रहेको छ।





























प्रतिक्रिया