पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्न एमाले सांसद थापाकाे प्रस्ताव

पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्न एमाले सांसद थापाकाे प्रस्ताव

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर नोटमा राख्न प्रस्ताव गरेका छन् ।

अर्थ समितिको बैठकमा आज बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) विधेयकसम्बन्धी दफाबार छलफलको क्रममा सांसद थापाले भने, ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।’

बैठकमा नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल पनि उपस्थित थिए ।

Skip This
Skip This
Logo