काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको मार्गनिर्देशनबाटै सुखी नेपाली समृद्ध नेपालको अवधारणा पुरा हुने बताएका छन् । लैनचौर स्थित शहीद स्मारकमा पुगेर शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले विभिन्न कालखण्डमा देशको रक्षाको निम्ती जीवन दिने अमर शहीदहरु त्यागको श्रेष्ठता देखिएकाले त्यो कालान्तरसम्म अतुलनीय रहने बताए ।
अहिले जुन उपलब्धी, सफलता र उचाई प्राप्त भएको छ ती सबै कुराको पछाडी शहीदको बलिदानले काम गरेको पनि उनको भनाइ छ । शहीदहरु सबैका साझा भएकोले उनीहरुको बलिदानबाट प्राप्त भएका उपलब्धीहरु समेत सबैको साझा भएको उनले बताए । शहीदको बलिदानीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्ने, सुदृढ गर्ने र अगाडि बढाई शहीदका सपना पुरा गर्ने जिम्मेवारी अहिलेको र आगामी पुस्ताको भएको पनि उनको तर्क छ ।
शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध नेपाल निर्माण गरि जनतालाई शुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ सरकार अग्रसर रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।





























प्रतिक्रिया