सर्वोच्चद्वारा पूर्वसभामुख सापकोटामाथि अनुसन्धान गर्ने बाटो खुला

सर्वोच्चद्वारा पूर्वसभामुख सापकोटामाथि अनुसन्धान गर्ने बाटो खुला

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटामाथि काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्ने बाटाे खुला गरेकाे छ ।

१२ वर्षदेखि विचाराधीन मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासले उत्प्रेषण आदेश जारी गरेपछि सापकोटासहित पूर्वऊर्जामन्त्री एवं काभ्रे १ का माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुने बाटो खुलेको हो ।

माओवादी द्वन्द्वकालमा २०६२ साल वैशाख १६ गते काभ्रेको श्रीकृष्ण माविबाट अर्जुन लामालाई अपहरण गरेर हत्या गरिएकाे थियाे ।

Logo