संसद सुचारु गराउने पक्षमा प्रधानमन्त्रीको भूमिका शून्य छ -सांसद दाहाल

संसद सुचारु गराउने पक्षमा प्रधानमन्त्रीको भूमिका शून्य छ -सांसद दाहाल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदन चलाउने कुरामा प्रधानमन्त्रीको पहलकदमी शून्य रहेको बताएका छन् ।

सोमबार संघीय संसद भवन बाहिर बोल्दै उनले सत्ता पक्षबाट अलि लचिलो नभएको भन्दै उनीहरुकै कारण सहमतिमा पुग्न नसकेको बताए ।

उनले भने, ‘सत्ता पक्ष आफ्नो हटबाट पछाडि हटेन । उहाँहरु समिति पनि नबनाउने, राजीनामा पनि नदिने कुरा गर्नुभयो । सत्ता पक्षबाट अलि लचिलो भएर पेश हुनुपर्ने थियो । त्यो नभएका कारण सदन चल्न सकेको छैन् । सदन चलाउने कुरामा प्रधानमन्त्रीको जुन पहलकदमी हुनुपर्ने थियो त्यो भएको छैन । उहाँहरुकै कारण सहमतिमा पुग्न सकेका छैनौं ।’

Skip This
Skip This
Logo