एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार नै चल्दैन -प्रवक्ता गुरुङ

एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार नै चल्दैन -प्रवक्ता गुरुङ

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् ।

बुधबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सम्भवत् आज र भोलिमै संसद खुल्ने धारणा राखेका हुन् । उनले गृहमन्त्रीको राजीनामा माग गर्नु प्रतिपक्षी दलको अर्थहिन विषय भएको भन्दै एउटा कर्मचारीले गरेको कार्यमा सबै मन्त्रीले राजीनामा दिने स्थिति आउँछ भने सरकार चलायमान हुन गाह्रो हुने बताए ।

‘अख्तियारले एउटा कर्मचारीमाथि कारवाही सुरु गरेको हो । एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार नै चल्दैन,’मन्त्री गुरुङले भने, ‘गृहमन्त्रीको राजीनामा आउँदैन भनेर मैले त्यो बेला नै भनेको थिए । अहिले जसरी संसद अवरुद्ध भइरहेको छ सत्ता पक्ष र प्रतिपक्ष बिचमा लामै छलफल चलिरहेकाे छ । अब आज, भोलीमा सम्भवत संसद खुल्ने सम्भावना पनि छ ।’

गृहमन्त्रीले राजीनामा दिने कुरा नहुने बताउदै उनले संसदीय छानविन समिति के बनाउने र कसरी बनाउने भन्ने विषय महत्वपूर्ण रहेको बताए । ‘हाम्रो म्यान्डेड के हो भने मन्त्रीले ती सबै उठिरहेका प्रश्नहरुको विषयमा आफ्नो धारणा राख्ने, प्रतिपक्षले संसद खोलेर सहयोग गर्नुपर्छ,’ उनले भने ।

Logo