काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठक ढिला गरी साढे ३ बजे सुरु भएको थियो । तर, बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपालगायतका सांसदहरुले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो । अब बैठक बिहीबार बस्ने भएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।





























प्रतिक्रिया