सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालयले बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।
प्रदेश कमिटीलाई पूर्णता दिने, जिल्ला कमिटी, जनवर्गीय संगठनलगायतका एकीकरण प्रक्रियालाई पूर्णता दिने गरी स्थायी समिति बैठक बोलाउने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
वरिष्ठ नेता नेपालले सचिवालय बैठकले प्रदेश कमिटीको पदाधिकारी चयन गरेकोमा आपत्ति जनाउँदै स्थायी समिति बैठक बोलाउन माग गर्नु भएको थियो ।
सोही असन्तुष्टिलाई समेत ध्यानमा राखेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बोलाउन लागिएको हो । स्थायी समिति बैठकको मिति र कार्यसूचि भने बुधबार विहान ८ बजे बस्ने सचिवालय बैठकले तय गर्नेछ ।































प्रतिक्रिया