काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले संस्कृति नीति चाँडै मन्त्रीपरिषद्बाट पारित हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रम’मा बोल्दै मन्त्री पाण्डेले प्रस्तावित संस्कृति नीति छिट्टै पारित हुने बताएका हुन् ।
कार्यक्रममा उनले हरेक संस्कृतिले आफ्नै सभ्यता र पहिचान बोकेको हुने भन्दै नेपालको मौलिक संस्कृतिलाई अब अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्नुपर्ने आवश्यकता देखिएको जिकिर गरे ।
आयोजित ‘नेपाल–जापान संस्कृति आदानप्रदान कार्यक्रमले दुई देशिय सस्कृती आदानप्रदानमा ठुलो टेवा पुराउने बताउँदै उनले यसैगरी निजि क्षेत्रले योगदान गर्दै जानू पर्नेमा जोड दिए । उनले भने, ‘संस्कृति कुनै पनि समाजको आत्मा हो। जसले मुलुकलाई जिवित राखेको हुन्छ ।’
उनले जापानको अनुशासित, मर्यादित र सुसंस्कृत जीवनशैलीको प्रशंसा गर्दै नेपालले त्यहाँबाट प्रेरणा लिन सक्ने धारणा व्यक्त गरे ।
यस्तै, उनले भने, ‘हामी जापानबाट सम्मानजनक सुसंस्कृति ग्रहण गर्न चाहन्छौं र जापानी नागरिकहरूलाई नेपालको सांस्कृतिक विविधता नजिकबाट अनुभव गर्न हार्दिक पनि निमन्त्रणा दिन्छौं ।’





























प्रतिक्रिया