बजेट कांग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ -सांसद गिरी

बजेट कांग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ -सांसद गिरी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रस्तुत बजेट कांग्रेस, एमाले र स्वार्थ समुहतिर मात्र ढल्किएको भन्ने पुर्वाग्रह पुर्ण विचारहरु प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद गिरीले बजेट स्वार्थ समूहतिर मात्र ढल्किएको छ भन्ने प्रतिपक्ष दलका सांसदहरुले राखेको विचार पूर्वाग्रहपूर्ण भएको भन्दै बजेटमा सम्पूर्ण क्षेत्रहरु समेटिएको दाबी गरे ।

उनले भने,‘ यो सरकार एमाले र कांग्रेस लगायत पार्टीको गठबन्धनमा बनेको छ । त्यसकारण यो बजेट कतै कांग्रेसतिर मात्रै ढल्किएको ,कतै स्वार्थ समुहतिर मात्र ढल्किएको जस्तो भयो भनेर प्रतिपक्षको सांसदले भन्नुभयो । यो नितान्त पूर्वाग्रहपूर्ण विचार हो । बजेटमा सम्पूर्ण क्षेत्रहरु समेटिएका छन् ।’

त्यस्तै, उनले बजेट प्राथमिकतामा आधारित रहेर आएको भन्दै श्रोत प्रक्षेपण पनि ठिकसँग गरिएको धारणा राखे । आयोजनाको संख्या धेरै हदसम्म घटाइएको बताउँदै उनले अर्थतन्त्रलाई लयमा फर्काउन यस वर्षको बजेट केन्द्रीत भएको बताए ।

उनले भने,‘समग्रमा यो बजेट प्राथमिकतामा आधारित छ । श्रोत प्रक्षेपण ठिकसँग गरिएको छ । आयोजनाको संख्या धेरै हदसम्म घटाइएको छ । यो वैज्ञानिक छ । अर्थतन्त्रलाई लयमा फर्काउन यो केन्द्रीय भएको देखिएको छ । निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आएको छ । आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको छ र आन्तरिक उत्पादनलाई विशेष जोड दिएको छ । यसमा सरकारलाई धन्यवाद छ तर कमि भएको ठाउँहरुमा सुधार्ने संकल्प गरौं ।’

सांसद गिरीले आफू सरकारमा हुँदा सबै ठिक अर्को सरकारमा हुन्दा सबै बेठिक भन्ने गलत भाष्य निर्माण भएको भन्दै भने,‘नयाँ ढंगले अगाडि बढ्ने संकल्प हामीले गर्नै पर्छ । आज म ठिक तँ बेठिक । म भएको भए देश बन्थ्यो ,तँ हुँदा बनेन जस्तो प्रकारले भाष्य निर्माण गरिँदै छ । यो वास्तवमा धेरै दिन टिक्ने विषय होइन ।’

Skip This
Skip This
Logo