काठमाडौं । प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरेकी छन् ।
सोमबार अर्थमन्त्री पौडेलले बजेटको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थिए । त्यही बेलामा रास्वपाका सांसदहरूले ‘मानव तस्करीलाई कारबाही गर’ भन्ने नारा लगाएपछि कांग्रेस सचेतक थिङले नियमापत्ति गरेकी हुन् ।
उनले मानव तस्करी कसलाई भन्न खोजेको हो ? भन्दै त्यसको परिभाषा सदनमा स्पष्ट पार्न आग्रह गरिन्।
उपसभामुखलाई लक्षित गर्दै उनले नियमापत्तिमै थपिन्, ‘५/५ जनालाई व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको तस्करी हो कि कुन विषयको मानव तस्करी हो ?’





























प्रतिक्रिया