सभामुख घिमिरेले पाँच दलका प्रमुख सचेतकसँग गरे छलफल

सभामुख घिमिरेले पाँच दलका प्रमुख सचेतकसँग गरे छलफल

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

संसद बैठक आधा घण्टाका लागि स्थगित गरेर बसेकाे छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही रहेका छन् ।

Logo